दफा
बोनसको किसिम र सो वितरण गर्ने अवधि
(१) यस ऐनबमोजिम वितरण गरिने बोनस नगदको रूपमा दिनु पर्छ ।
(२) आर्थिक वर्ष समाप्त भएको आठ महीनाभित्र बोनस वितरण गर्नुपर्छ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र बोनस वितरण गर्न नसक्ने कारण उल्लेख गरी कुनै व्यवस्थापकले श्रम कार्यालय समक्ष निवेदन गरेमा कारण मुनासिब ठहरे श्रम कार्यालयले बढीमा तीन महीनाको म्याद बढाई दिने गरी वा अर्को आर्थिक वर्षमा एकै साथ दुई वर्षको बोनस बाँड्ने गरी स्वीकृति दिन सक्नेछ ।